बागमतीमा बस र भारतीय ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

बागमती : सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान ६ बजे भैरहवाबाट जनकपुर आउँदै गरेको रात्रि बस र रोकिराखेको ट्रकमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।  दुर्घटनामा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको रात्रि बस रोकी राखेको एन एल ०१ एच ९२५२ नम्बरको भारतीय ट्रकसँग ठोक्किँएर दुर्घटना भएको हो ।

२५ जना घाइतेलाई स्थानीय अस्पतालहरुमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

सबै