
रौतहट : सशस्त्र प्रहरीले रौतहट जिल्लाको बौधिमाई नगरपालिका–७ बंकुलस्थित सीमा इलाकाबाट आज (बिहीवार) स्रोत नखुलेको १४ लाख ८० हजार नेपाली रुपैयाँसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
सशस्त्रले भारतको पूर्वी चम्पारण जिल्ला मोतिहारी झरोखर–७ जमुनिया बस्ने ३१ वर्षीय युवकलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो। उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाले नियन्त्रणमा लिएको हो।
बीआर ०५ बीबी ६२१२ नम्बरको मोटरसाइकलमा भारतबाट नेपातलर्फ आउँदै गरेका उनलाई विशेष सूचनाको आधारमा खटिएको सशस्त्रको टोलीले जाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाईछिपाई ल्याउँदै गरेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित कारबाहीका लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको छ।