मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु

सिराहा : गोलबजारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

गोलबजार नगरपालिका-५ निपाने टोल बस्ने ७२ वर्षीय कपिलदेव साहको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो।

आफ्नै घर नजिक रहेको चापाकलमा जडान गरिएको इलेक्ट्रिक मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको वर्धमान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी सिराहा, बरियारपट्टी गाउँपालिका-४ तेनुवापट्टी बस्ने ४० वर्षीय श्यामसुन्दर यादवको पनि करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ।

खेतमा जडान गरेको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

सबै