लालबन्दीमा खाल्डोमा जमेको पानीमा डुबेर १० वर्षीय बालिकाको मृत्यु

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

नगरपालिका–१७, रानिगञ्जमा शुक्रबार दिउँसो ईश्वरपुर नगरपालिका–५, सखुवनीका सन्तोष पाण्डेकी १० वर्षीया छोरी निशाको खेतमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो।

५/६ जना साथीहरु मिलेर फूलजोर खोला तरी उक्त खेतमा खनिएको खाल्डोमा जमेको पानीमा पौडी खेल्न आएका थिए। सोहि क्रममा उनी डुबेर अचेत भएकी थिइन्। उनलाई तत्काल उपचारका मोडेल अस्पताल लालबन्दी लगिएकोमा त्यहि उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहारी कार्यालय लालबन्दीले जानकारी दिएको छ।

मृतक बालिकाको शव प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै