सिमलताल दुर्घटना : गैंडाकोटमा भेटियो सर्लाहीका युवकको शव

सर्लाही : नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको किनारमा भेटिएको एउटा शव सनाखत भएको छ।

भेटिएका दुईमध्ये एक शव सर्लाहीको बरहथवा नगरपालिका-३ बस्ने १९ वर्षीय रमित कुशर माझीको हो।

उनका बुवा रविन्द्र कुशर माझीले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

उनी काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको गणपति बसमा सवार थिए।

काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ। उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।

हिजो शुक्रबार साँझसम्म खोजी गर्दा पनि बेपत्ता बस र यात्रु नभेटिएपछि आज बिहानैदेखि खोजी सुरु गरिएको हो। अहिलेसम्म गाडी फेला पर्न सकेको छैन्।

सम्बन्धित समाचार

सबै