ईश्वरपुर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा बसबाट हाम फालेका एक युवकको मृत्यु भएको छ।
काठमाडौंबाट विराटनगरका लागि छुटेको ना. ७ ख. १०५० नम्बरको बसबाट आफैं हाम फालेका सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३० वर्षीय शङ्कर प्रसाद चौधरीको मृत्यु भएको हो।
सागरनाथ चोकस्थित सशस्त्र प्रहरीको बेस अगाडिको लच्का नजिक हिजो (आइतबार) करिब दिउँसो साँढे ३ बजे बसको ढोकाबाट हाम फालेर गम्भीर घाइते भएका चौधरीलाई लालबन्दीमा सामान्य उपचारपछि थप उपचारका लागि बयोधा अस्पताल वीरगञ्ज पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
बस र त्यसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ।