सिमलताल पहिरो : दुई बस र यात्रु खोज्न भारतीय उद्धार टोली खटिँदै

काठमाडौँ : नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बेपत्ता बनाएको दुई बस र तिनमा सवार यात्रुहरू खोज्न भारतीय उद्धार टोली खटिने भएको छ।

बसहरूसहित केही शवहरू अहिलेसम्म भेटिएका छैनन्।

बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो। भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिँडिसकेको छ। १२ सदस्यीय टोली आज घटनास्थल पुग्ने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए।

सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशुली नदीमा रौतहट र पर्साका दुई वटा बससँगै खसेका २४ जना यात्रुको शव भेटिएको छ। दुवै बसमा सवार ६५ जना  यात्रु सवार थिए। जसमध्ये तीन जनाले भने पौडिएर ज्यान जोगाएका थिए।

नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २४ जनाको शव भेटिएको छ। घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन्।

सम्बन्धित समाचार

सबै