रौतहट : सशस्त्र प्रहरी र वन सुरक्षा टोलीले रौतहटको गुजारा नगर क्षेत्रबाट अवैध सालको गोलिया काठसहित भारतीय नम्बरको सफारी गाडी नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको अस्थाई बेस हरिनगरका प्रमुख सई कृष्णनन्दन यादवको कमाण्डमा सव डिभिजन वन कार्यालय जंगलसहियाबाट गएको संयूक्त टोलीले आज बिहान गुजरा-४ लालबकैया नदी किनार बाट उक्त काठ सहितको सफारी गाडी नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको एचपी ३१ सी ०७३३ नम्बरको सफारी गाड़ीमा जंगलबाट अवैध चोरीलुकी ल्याइएको ५ थान सालको गोलिया २० क्युफिट काठ बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताएका छन्।
बरामद काठ र गाडी सहितको कुल १५ लाख ६० हजार मूल्यांकन गरी आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय जंगलसहियामा बुझाइएको सशस्त्र प्रहरी द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।