सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर ५६ लाखभन्दा बढी ठगी

सिरहा : सामाजिक सञ्जालमार्फत सम्पर्क गरी ५६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सिरहाबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिरहा घर भएका २७ वर्षीय इम्तियाज अहमद छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार लहानबाट पक्राउ गरी काठमाडौं लगिएको छ।

उनलाई ठगीको कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी विदेशमा रहेका एक नेपाली व्यक्तिको कोभिडका कारण मृत्यु भएको उनले बताउने गरेका थिए। अहमद आफूले समेत विदेशी नागरिक बनेर सामाजिक सञ्जालमा कुराकानी गर्ने गरेका थिए।

विदेशमा मृत व्यक्तिको बैंकको खातामा ठूलो रकम रहेकोले उक्त रकम लिन भन्दै त्यसको उत्तराधिकारी बनाउने प्रलोभन देखाएर उनले ठगी गरेको आरोप छ। यो शैलीमा उनले ५६ लाख १० हजार ६९९ रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।

 

सम्बन्धित समाचार

सबै