हरिवन । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको विशेष प्रहरी टोलीले सर्लाहीबाट २३.३१० ग्राम लागु औषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरी टोलीले सर्लाहीको हरिवन नगरपालिका–४ स्थित क्षेत्रबाट अवैध लागु औषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा हरिवन नगरपालिका–४ का ३२ वर्षीय सागर पाख्रिन र सोही ठेगाना भएका २५ वर्षीय राज भुजेल रहेका छन्।
ब्यूरोका अनुसार उनीहरूको साथबाट लागु औषध खैरो हेरोइन २३.३१० ग्राम, डिजिटल तराजु १ थान र मोबाइल २ थान
बरामद गरेको छ।
पक्राउ परेका दुवै जना तथा बरामद गरिएका सामग्रीसहित आवश्यक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवनमा बुझाइएको लागु औषध नियन्त्रण ब्यूरोका सह-प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जिवन निरौलाले जानकारी दिए।