
जहाजमै थिए यात्रुहरू
जनकपुरधामः जनकपुरधाम विमानस्थलबाट काठमाडौंका लागि उडान भर्न लागेको यती एअरलाइन्सको विमानमा अचानक समस्या देखिएपछि उडान रद्द गरिएको छ।
बुधबार दिउँसो २ बजे काठमाडौंका लागि उड्न भनेर यात्रुहरू जहाजमा बसिसकेका थिए ।
उड्नका लागि अन्तिम तयारी गरिसकेको अवस्थामा जहाजमा केही प्राविधिक समस्या देखिएपछि उडान भर्नबाट रोकिएको यति एअरका जनकपुर स्टेशन म्यानेजर राजेश सिंहले जानकारी दिए।
‘काठमाडौंले प्राविधिक टोली पठाएर पूर्ण सुरक्षित रहेको प्रमाणित गरेपछि मात्रै उडान भर्ने भनेर तत्काल होल्ड गरिएको हो’, सिंहले भने । स्टेशन म्यानेजर सिंहका अनुसार बुद्ध एअरको उडानबाट यति एयरको प्राविधिक टोली जनकपुर आउँदैछ।
उक्त टोलीले प्राविधिक रुपले दुरुस्त छ भनिसकेपछि मात्रै उड्ने भनेर जहाजमा बसेका यात्रुलाई तत्काल विमानस्थलको आराम कक्षमा राखिएको सिंहले जानकारी दिए।
नेपालभ्यूज