
मलंगवा : सर्लाहीमा एउटा मानव कंकाल फेला परेको छ।
विष्णु गाउँपालिका वडा नम्बर-२ स्थित नदीयापकडीमा मानव कंकाल भेटिएको हो। स्यालले खनेर निकालेको अवस्थामा मानवको अस्थिपञ्चर भेटिएको सर्लाहीका एसपी रविन्द्र सिंहले बताए।
स्थानीय ४५ वर्षीय दिनेश राय यादवको उखुबारीमा हिजो उक्त कंकाल भेटिएको प्रहरीले बताएको छ।
उखुबारीमा खाल्डो खनेर कपडाले बेरेर गाडेको अवस्थामा राखिएको कंकाल फेला परेको र यसबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।