मधेशमा छैन ठूलो वर्षा हुने संकेत, बिहीबार पनि छिटफुट मात्र

जनकपुरधामः हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण देशभर भारी वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

यस्तोमा मधेश प्रदेशका अधिकांश स्थानमा भने पर्याप्त वर्षा हुन सकेको छैन।

भोलि बिहीबार दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली हुँदा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले उल्लेख गरेको छ।

पछिल्लो २४ घण्टामा सिमरामा ९० मिलिमिटर वर्षा भएको छ भने जनकपुरमा मापन हुने वर्षा नै हुन सकेको छैन।

 

सम्बन्धित समाचार

सबै