
काठमाडौँ : आगामी २४ घण्टामा देशका विभिन्न स्थानमा अति भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले जनाएअनुसार आज सबै प्रदेशका केही ठाउँमा भारी वर्षा हुनेछ।
रातिको समयमा अतिभारी वर्षा हुने अनुमान महाशाखाले गरेको छ।
२४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ भने १०० मिलिमिटरदेखि २०० सम्म पर्नुलाई धेरै भारी वर्षा भएको मानिन्छ। यसले खतरा निम्त्याउँछ ।
महाशाखाका अनुसार केही दिन अत्यधिक वर्षा निरन्तर हुनेछ। केही ठाउँमा धेरै भारीदेखि अति भारी वर्षा हुने भएकोले ती क्षेत्रमा बाढीपहिरोको जोखम हुने भएकोले सतर्क सरहन महाशाखाले अपिल गरेको छ।
महाशाखाले विषेध बुलेटिन जारी गर्दै मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय हुने जनाएको छ। यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनेको छ।