
हरिवनः रौतहटमा मोटरसाईकल दुघर्टना हुँदा प्रहरी जवानको मृत्यु भएको छ ।
चन्द्रपुर नगरपालिका–६ स्थित तल्लोबजारमा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा २६ वर्षीय प्रहरी जवान नवीनकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०३३ प ३३०१ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा लगिएको थियो ।
यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। बारामा कार्यरत यादव काम विशेषले रौतहट आएका बेला दुर्घटना परेका बताइएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने रौतहट वृन्दावनका २५ वर्षिय अर्का नवीनकुमार चौधरीको भने सामान्य घाइते भएका छन् ।