
पर्सा : पर्सामा आफ्नै ज्वाइँको कुटपिटबाट एक बृद्धको मृत्यु भएको छ।
जिल्लाको वीरगञ्ज महानगरपालिका-७, रामटोलका ६५ वर्षीय सीताराम सर्राफको हत्या भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
उनको हत्या गरेको अभियोगमा प्रहरीले सीतारामका ज्वाइँ वीरगञ्ज १० प्रगती टोलमा डेरा गरी बस्ने बाराको कलैया उपमहानगरपालिका १ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफलाई सोमबार दिउँसो पक्राउ गरेको छ।
उनीहरूबीच झैझगडा भएको थियो। कुटपिट हुँदा गम्भीर घाइते भएका सीतारामको नारायणी अस्पतालमा उपचारको क्रममा हो।
खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।