
बारा : जितपुरसिमरा उपमहानगरपालिकामा नगर प्रमुख र वडाध्यक्षबीच हात हालहाल भएको छ।
मंगलबार शिक्षकलाई हाजिर गराउने विषयलाई लिएर नगर प्रमुख राजन पौडेल र वडा नम्बर २ का वडाध्यक्षबीच झगडाको स्थिति निम्तिएको हो।
सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षका सीता अधिकारीलाई नगर प्रमुख पौडेलले हाजिर गराउन खोज्दा झगडा हुन पुगेको हो।
नगर शिक्षा समितिको निर्णयअनुसार अधिकारीलाई उक्त विद्यालयमा पठाइए पनि वडाध्यक्ष धनबहादुर श्रेष्ठले दुई महिनादेखि अधिकारीको हाजिर रजिष्ट्रार लुकाएर राखेको आरोप लागेको छ। मेयर पौडेलले शिक्षक अधिकारीलाई हाजिर गराउन भने पनि वडाध्यक्षले मानेका थिएनन्।
उक्त क्रममा मेयर पौडेल र वडाध्यक्षबीच हाजिर रजिष्ट्रर तानातानको क्रममा हात हालहाल भएको हो।
नगर प्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर गराउने प्रयास गरेपछि विद्यालयमै वडाध्यक्ष श्रेष्ठ र नगर प्रमुखबीच विवाद चर्किएको हो। विवादपछि नगर प्रमुख पौडेलले शिक्षका अधिकारीलाई हाजिर नगराई फर्केका छन्।