
काठमाडौँ : भक्तपुरको मध्यपुर नगरपालिका गठ्ठाघरमा दुर्घटना गराउएर स्कुटर चालकको मृत्यु गराउने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।
ना६ख २१७३ नम्बरको भाडाको ट्रकका चालक सर्लाहीको मलंगवा-२ घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिएका हुन्।
दुर्घटना भएको बा४९प ८९४४ नम्बरको स्कुटर प्रहरी वृत्त थिमीमा राखिएको छ भने ट्रक सशस्त्र प्रहरी गण नम्बर–२ महराजगञ्जमा राखिएको छ।
ट्रकले स्कुटरलाई लछारेको थियो। ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको थियो।