लालबन्दी : कविलासी नगरपालिका–४ हेमपुरका पूर्ववडाध्यक्ष अरविन्द कुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
गएराति बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा भएको दुर्घटनामा ४३ वर्षीय यादको ज्यान गएको हो। राति साँढे ९ बजेतिर टिकुलियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्बरको मोटरसाइकल दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको हो।
यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। प्रहरीले दुर्घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताएको छ।
नेकपा एमाले जिल्ला कमिटीका सदस्यसमेत रहेका यादव २०७९ को निर्वाचनमा पनि एमालेबाट वडाध्यक्षमा उठेका थिए।