लालबन्दी : ईश्वरपुर नगरपालिकास्थित फूलजोर खोला नजिकै पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ।
सखुवनीमा फुटबल खेल खेल्न साथीसँगै आएका ईश्वरपुर नगरपालिका-४ सागरनाथका १७ वर्षीय निशान थापा मगरको मृत्यु भएको हो।
नुहाउनका लागि खोला नजिकै गएका उनी क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गर्न खनेको खाल्डोमा जाँदा डुबेर मृत्यु भएको हो ।
खाल्डो गहिरो भएकाले शव निकाल्न गोताखोर नै मगाउनु परेको प्रहरीले जनाएको छ।
बर्दिबाससस्थित सशस्त्र प्रहरीको बाहिनीबाट गोताखोर टोली भर्खरै घटनास्थलमा आइपुगेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज खनालले जानकारी दिए।
किशोर डुबेको खाल्डो करिब ३० मिटर गहिरो रहेको बताइएको छ ।
किशोरको शव घटनास्थलबाट उठ्न सकेको छैन् । मृतक किशोरका परिवार आएर क्रसरको लापरवाहीले ज्यान गएको भन्दै क्षतिपूर्ति माग गरेपछि शव पोष्टमार्टमका लागि मलंगवा पठाउन नसकिएको हो । यसबारेमा अहिले इलाका प्रहरी कार्यालय केशरगन्जमा छलफल चलिरहेको छ ।
तस्बिरमा हेर्नुहोस् घटनास्थल :



