रौतहट : टाटा र सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सांकेतिक तस्वीर

हरिवन: रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमाहानगरपालिका–१५ बस्‍ने तुलसी ओझा र मोरङ्गको सुन्दरहरैचा नगरपालिका–११ बस्‍ने विवश बास्कोटा रहेका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए।

उनीहरूको घटनास्थलमै मृत्यु भएको डिएसपी राइले बताए ।

उनका अनुसार चन्द्रपुर नगरपालिका वडा-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार पुल नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टाटा सुमो र पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल आपसमा ठोक्किको थियो ।दुर्घटनापछि सुमोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै