सांसद अमरेश सिंहले भने- नेताहरू नसुध्रिए भयावह स्थिति आउन सक्छ

काठमाडौँ : सर्लाहीबाट निर्वाचित स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले देशमा भयावहको स्थिति आउन सक्ने बताएका छन्।

टुँडिखेलमा सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजीलाई सिंहले खतराको घण्टी भएको बताएका हुन्।

नेताहरू नसुध्रिए स्थिति भयावह हुन सक्ने उनको भनाइ थियो।

‘हिजो टुँडिखेलमा घटना भएको छ, त्यो हाम्रा लागि खतराको संकेत हो’, उनले प्रश्न गरे, ‘नेताजीसँग प्रश्न गर्न चाहन्छु, पहिले जस्तो गर्ने कि सुध्रिने ?’

बंगलादेशमा शेख हसिनासँग सात महिनाको ताजा दुई तिहाइको बहुमत भए पनि त्यसले काम नगरेको सांसद सिंहले टिप्पणी गरे। ‘लोकतन्त्र कहीँ जाँदैन तर हावा हुन्डरीमा नेताजी र दलहरू जान सक्छन्’, उनले भने।

सम्बन्धित समाचार

सबै