
काठमाडौँ : आज सर्लाहीसहित मधेश प्रदेशका अधिकांश स्थानमा केही समय ठूलो वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भएको हो।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। आज राति सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाइएको छ। को
कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा आज राति भारी वर्षाको पनि सम्भावना महाशाखाको बुलेटिनमा उल्लेख छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।