रास्वपाको मधेश प्रदेश विस्तारित बैठक सर्लाहीको लालबन्दीमा

लालबन्दी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेश प्रदेश विस्तारित बैठक सर्लाहीको लालबन्दीमा सुरु भएको छ।

बैठकमा केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति एवं सांसद डा स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झालगायत नेताहरू सहभागी छन्।

प्रदेश समितिका पदाधिकारी र सदस्य, विभागका प्रमुख र सदस्य तथा जिल्ला संयोजक र सह संयोजकलगायत झन्डै ३ सय नेता कार्यकर्ता बैठकमा सहभागी भएका एक नेताले जानकारी दिए।

सभापति लामिछानेले २०७९ को निर्वाचनका उम्मेदवारसँग पनि छुट्टै छलफल गर्ने कार्यक्रम रहेको बैठकमा सहभागी कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

सम्बन्धित समाचार

सबै