बारा: ओछ्यानमै सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु

बारा : बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु भएको छ।

घरमा सुतिरहेका बेला विषालु सर्पले टोक्दा महागढीमाई नगरपालिका–१० निवासी शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेशको मृत्यु भएको हो।

सोमबार राति गोमन सर्पले टोकेर सिकिस्त भएका बालकलाई आफन्तले ढिलो गरी अस्पताल पुर्याउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

सर्पले टोके पनि मुसाले टोकेको होला भनेर अभिभावकले बालकलाई अस्पताल लैजान ढिलो गरेको पाइएको छ। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामै राखिएको छ भने घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै