
लालबन्दी : ईश्वरपुर नगरपालिकामा माछाको पोखरीमा डुबेर एक जना वृद्धाको मृत्यु भएको छ।
ईश्वरपुर नगरपालिका वडा नम्बर १५ सुकनाहमा आज दिउँसो पोखरीमा स्थानीय अन्दाजी ६५ वर्ष वृद्धा सुमित्रा साहको शव भेटिए इलाका प्रहरी कार्यालय केशरगन्जले जानकारी दिएको हो।
हिजै घरबाट छोरीको घर जान्छु भनी हिँडेकी साहको शव आज स्थानीयले पोखरीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
घरबाट करिब ३ सय मिटरको दूरीमा रहेको पोखरीमा वृद्धाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। अहिले प्रहरी घटनास्थलमै रहेका र शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए।
घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।