ट्यांकरको ठक्करबाट घाइते बाराका मोटरसाइकल चालकको उपचार क्रममा मृत्यु

निजगढः पर्साको सुक्खा बन्दरगाह नजिकै ट्याङ्करको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको उपचार क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका वीरगञ्ज महानगरपालिका-१७ का २२ वर्षीय किनु कुमार साहको उपचार क्रममा बाराको नौतनस्थित न्युरो अस्पतालमा उपचार क्रममा गएराति ९ बजे मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएको हो।

बिहीबार अपराह्न वीरगन्ज महानगरपालिका –१७ अलौंस्थित एकीकृत भन्सार जाँच चौकीको एरियामा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार तुरहा गम्भीर घाइते भएका थिए।

ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

सम्बन्धित समाचार

सबै