
रौतहट : रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।
बिहीबार साँझ फतुवा विजयपुर नगरपालिका–५ डुमरिया बस्ने ४५ वर्षीय मुक्ति नारायण पटेलको करेन्ट लागेर मृत्यु भएको हो।
आफ्नै खेतमा सिञ्चाइका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।