
लालबन्दी : नेकपा एकीकृत समाजवादीकी सांसद बेची लुंगेलीलाई मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गत वैशाख ६ गते उनले विनाविभागीय मन्त्रीको शपथ लिएकी थिइन्। उनले आज मन्त्रालयको पदभार ग्रहण गरेकी हुन्। नवनियुक्त मन्त्री लुंगेली सर्लाही क्षेत्र नम्बर १ को खबाट दोस्रो कार्याकालको लागि निर्वाचित भएकी थिइन्।