सर्लाहीमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

गोडैता : सर्लाहीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

जिल्लाको गोडैता नगरपालिका-१०, सिसौटिया बस्ने सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमारको करेन्ट लागेर मृत्यु भएको हो।

घरमै खेल्ने क्रममा बिजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी सर्लाहीले जानकारी दिएको छ।

करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै