धनुषाधाम पोखरीमा डुबेर बालिका बेपत्ता

जनकपुरधाम : धनुषाधाममा पोखरीमा डुबेर एक बालिका बेपत्ता भएकी छन् ।

धनुषाधाम नगरपालिका-३ मा रहेको पोखरीमा स्थानीय बिकाउ मण्डलकी १३ वर्षीया छोरी चन्द्रिका मण्डल डुबेर बेपत्ता भएकी हुन् ।

प्रहरी र स्थानीय  बासिन्दाले बालिकाको खोजी गरिरहेका छन् ।

सशस्त्र प्रहरी बलको गोताखोर बोलाउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै