हरिवनः रौतहटमा बाढीमा डुबेर र करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ।
आइतबार दुर्गाभगवती गाउँपालिका-४ का ३५ वर्षीय बच्चा भनिने राजकुमार मुखियाको डुबेर मृत्यु भएको हो। बाढीको पानीमा माछा मार्न गएका उनको चिप्लिएर लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी परोहा नगरपालिकामा घाँस काट्न गएकी १४ वर्षीय बालिका आशा कुमारी साहको डुबेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।
यस्तै चापाकलको पानी खाने क्रममा बौधिमाई-२ मा करेन्ट लाग्दा एक १४ वर्षीय बालक रामबाबु महतोको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। विद्युतीय मोटर जडान गरिएको कलको पानी खाने क्रममा उनलाई करेन्ट लागेको थियो।