जंगली हात्तीको आक्रमणबाट सर्लाहीका युवकको मृत्यु

हरिपुर : जंगली हात्ती (गोबिन्दे) को आक्रमणबाट हात्ती प्रजनन केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ।

करिब साँझ ७ बजेतिर पसलबाट सामान लिएर प्रजनन केन्द्रतिर फर्कने क्रममा सर्लाहीको हरिपुर-६ का ३६ वर्षीय जद्दु सिंह थारुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। सिंहसँगै रहेका अर्का एक जनाले भागेर ज्यान जोगाएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत गणेशप्रसाद तिवारी थारुले साँझतिर बाहिर गएर प्रजनन केन्द्रतिर फर्किँदै गर्दा प्रजनन केन्द्र आसपासमै बस्ने जंगली हात्ती गोबिन्देले भेट्टाएर लखेटेछ। भाग्दा भाग्दै भेट्टाइहाल्यो। घिसारेर हात, खुट्टा भाँचिदियो। जद्दुको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

सिंह नेपाल सरकारले कतारलाई उपहार दिने भनेको हात्ती खगेन्द्रप्रसादको पछुवा पदमा कार्यरत थिए।

सम्बन्धित समाचार

सबै