लखन्देही पुलमा बस दुर्घटना, केही यात्रु घाइते

लालबन्दी : पूर्व पश्चिम राजमार्गअन्तरगत सर्लाहीको लखन्देही पुलमा बस दुर्घटना भएको छ।

बा .४. ख. ५९४९ नम्बरको बस ट्याक्टरसँग ठोक्किएर दुर्घटना भएको बुझिए पनि यकिन जानकारी भने आइनसकेको सर्लाही प्रहरीले जनाएको छ।

बसमा सवार केही यात्रु घाइते भएका बुझिएको छ। दुर्घटनाका कारण अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ।

बसको अवस्था र क्षतिको थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार

सबै