मौसमः मधेशमा आज पनि हावाहुरी चल्ने

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकीमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनअनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र लुम्बिनी, मधेश र कोशी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा राति पनि मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

सम्बन्धित समाचार

सबै