मलंगवा : पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कार्य समिति सर्लाहीले पनि विरोध प्रदर्शन गरेको छ।
आज शनिबार जिल्ला सदरमुकाम मलंगवामा रास्वापले प्रदर्शन गरेको हो। जिल्ला संयोजक कमलेश साहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मलंगवाबाट निकालिएको जुलुसले नगर परिक्रमा गरी जिल्ला प्रहरी कार्यालय नजिक पुगेर कोणसभामा परिणत भएको थियो।
विरोध प्रदर्शनमा प्रदेश कमिटीका पदाअधिकारी, जिल्ला कमिटी, नगरकमिटी र वडा कमिटीका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।
ब्यानरसहित निकालिएको जुलुसमा सरकार र प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी भएको थियो।