काठमाडौँ : हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ।
यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागद्वारा आज जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनासमेत रहेको उल्लेख छ।
विभागका अनुसार देशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
यसैगरी आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।