१० किलो गाँजासहित सर्लाहीबाट एक युवक पक्राउ

गोडैता : घरमा लुकाइराखेको गाँजासहित सर्लाहीबाट एक जना पक्राउ परेका छन्।

जिल्लाको ब्रह्मपुरी गाउँपालिका–५ सखुअवाका २१ वर्षीय पञ्कज साहलाई प्रहरीले गाँजासहित घरबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

गाँजा लुकाएर राखेको सुराकीको आधारमा घरमै पुगेको प्रहरीले साहलाई १० किलो गाँजासहित नियन्त्रणमा लिएको हो।

साहलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै