रौतहटमा ठगी गर्ने भारतीय महिलाको गिरोह सक्रिय

रौतहट : रौतहटमा ठगी गर्ने भारतीय  महिलाको गिरोह नै सकृय भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले एक सूचना जारी गर्दै यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको हो।

भारतीय ४-५ जना महिलाको गिरोहले जिल्लाको गौर नगरक्षेत्रमा  सोझा सीधा महिलालाई विभिन्न प्रलोभन देखाएर चाँदीको पायल दिँदा एक दिनपछि पायल र थपमा राइस कुकर दिने, चाँदीको बिच्छिया दिँदा एक दिन पछि बिच्छियासहित पितलको कमण्डलु दिने, सुनको मंगलसुत्रसहित अन्य गहना दिँदा एक दिनपछि गरगहना सहित नगद ५० हजार रुपैयाँसँगै एउटा फ्रिज दिने भन्दै ठगी गरेको पाइएको हो ।

त्यस्ता प्रलोभन दिने ठग महिला पुरुषको गिरोह देखापरे जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल नम्वर १०० वा ९८५५०४०९९९ फोन गरी जानकारी दिन प्रहरीले सूचनामार्फत आग्रह गरेको छ।

सम्बन्धित समाचार

सबै