घूस रकमसहित प्रमुख प्रशासकीय अधिकृत पक्राउ

बारा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई घूससहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाकाअनुसार बिल भुक्तानीको रकम दिएबापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घूस लिँदै गर्दा साहलाई पक्राउ गरिएको हो।

सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैया पुगेको थियो। उनलाई कलैया उपमहानगरपालिका-४ मा लेनदेनकै क्रममा पक्राउ गरिएको हो।

सम्बन्धित समाचार

सबै