नेपाल ल्याउन राखिएको पाँच बोरा पटाका भारतीय सुरक्षाकर्मीद्वारा नियन्त्रण

हरिवनः भारतबाट नेपाल ल्याउन लागिएको पाँच बोरा पटाका भारतीय सुरक्षाकर्मीहरूले बरामद गरेका छन्।

झरौखर थाना र एसएसबी क्याम्प जमुनियाको संयुक्त टोलीले सीमावर्ती भारतीय बजार घोडासहनबाट लुकिछिपी ल्याएर सीमासँग जोडिएको लक्षमिनिया गाउँका विकेश जैसवालको घरमा भण्डारण गरी राखिएको उक्त पटाका बिहीबार बरामद भएको हो।

भारतीय एसएसबीको डिआइजी कार्यालय मुजफ्फपुरका प्रवक्ता डिएसपी विनित कुमार सिंहका अनुसार तस्कर विकेश जैसवालले नेपालमा तस्करीको माध्यमले पठाउनका लागि ठूलो परिमाणमा पटाका भण्डारण गरेको सूचनाका आधारमा छापा मारेर नियन्त्रणमा लिइएको हो।

बरामद पटका झरौखर थानामा बुझाइएको तथा थप अनुसन्धान भइरहेको एसएसबी क्याम्प जमुनियाले जनाएको छ।

सम्बन्धित समाचार

सबै