
बारा : बारामा १४ किलो अवैध चाँदीसहित दुई युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा बाराको प्रसौनी गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष साह सोनार र बाराकै जितपुर सिमरा उपमहानगरपालिका–८ का २७ वर्षीय सुरेश महतो छन्।
सोनारबाट ९ किलो र महतोबाट ५ किलो चाँदी इलाका प्रहरी कार्यालय बाराले बरामद गरेको हो। पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले अमलेखगञ्जबाट पक्राउ गरेको हो।
सोनारलाई ना. ५२ प. २५८४ र महतोलाई ना.५५.प. ३९३२ नम्बरको मोटरसाइकलमा सवार रहेका नेला चाँदीसहित पक्राउ गरिएको हो।