
रौतहट : रौतहटमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।
जिल्लाको फतुवा बिजयपुर नगरपालिका-११ रागी बुटुवा बस्ने ७० बर्षीया पातली माया तामाङलाई शुक्रबार बिहान घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जंगली हात्तीले बिहान एक्कासी आक्रमण गर्दा वृद्धाको मृत्यु भएको हो भने उनका श्रीमानले भागेर ज्यान जोगाएका छन्। हात्तीले पातलीमायाको घर पूर्णरुपमा क्षति गरेको छ। उनको घरसँगैको अर्को घरलाईसमेत क्षति पुर्याएको छ।
घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्लास्थित नेपाल प्रहरी, डिभिजन बन कार्यालय र सशस्त्र बेस क्याम्प बिजयपुरको प्रहरी टोली बुट्वा–राङी गाउँमा पुगेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।