
धनकौल : सर्लाहीमा आगलागी हुँदा लाखौंको क्षती भएको छ।
जिल्लाको धनकौल गाउँपालिका-४ धनगडामा बिहिबार राती १०:३० बजे जितु रायको काठले बनेको दुई तले घरको माथिल्लो तलामा लक्ष्मी पूजाका लागि बालेको मैनबत्तीबाट सल्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
आगलागीबाट घरको कोठाभित्र रहेको दराज, टिभी, कपडा, सुनचाँदीलगायतका सामान जल्दा झण्डै दुई लाख पचास हजार रुपैयाँ बराबरको क्षति भएको पीडितले बताएका छन्।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।