गोडैता : तनहुँको बन्दीपुर गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बागमती प्रदेश २-०२-००३ प ९९४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीको जलेश्वर नगरपालिका घर भई हाल तनहुँको व्यास नगरपालिका-२ दमौली बस्ने २२ वर्षीय सुमित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
साहको साथमा रहेको परिचयपत्रमा व्यास नगरपालिका-१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा बीबीए तेस्रो वर्षमा अध्ययरत रहेको उल्लेख भएको प्रहरीले जानकारी दिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।