सप्तरीमा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु, एक बेपत्ता

गोडैता : सप्तरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन्।

जिल्लाको कञ्चनरुप नगरपालिका-४ बस्ने श्रवण महतोकी नौ वर्षीया छोरी प्रतिभा र सुरेश सदाकी आठ वर्षीया छोरी जितनीको त्रियुगा नदिमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

त्रियुगा नदीमा नुहाउने क्रममा तीन बालिका डुबेका थिए। दुई बालिकाको शव फेला परेपनि आठ वर्षीया काजल खंग अझै बेपत्ता छिन्। उनको खोजी भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै