
गोडैता : सर्लाहीबाट हतियार र नक्कली नोटसहित दुईजना भारतीय युवक पक्राउ परेका छ्न्।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा गोडैता नगरपालिका-१२ बाट अवैध हातहतियार र नक्कली नोटसहित भारतको बिहार राज्य सीतामढी जिल्ला मेजरगंज थाना बसबिटाग्राम पञ्चायत रसुलपुर बस्ने २६ वर्षीय कुन्नु पटेल र सोही स्थानका ३० वर्षीय मुकेश पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनीहरुको साथबाट प्रहरीले नलकटुवा पेस्तोल १ थान, के एफ ८ एमएमका ६ राउण्ड गोली, के एफ ९ एमएमका ४ राउण्ड गोली र एक हजारको नक्कली नेपाली नोट जस्तो देखिने १० ब्यान्डल पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।