नवलपुरमा रहेको पद्म भुवनेश्ररी वृद्वाश्रमलाई जुट्यो हालसम्मकै ठूलो सहयोग

लालबन्दी : लालबन्दी नगरपालिका वडा नम्बर २ मा रहेको पद्म भुवनेश्वरी वृद्वाश्रमलाई दुई वर्षका लागि खाद्यान्नको सहयोग जुटेको छ।

हरिवन नगरपालिका-३ घर भई हाल भारतलाई कर्मथलो बनाएका कृष्ण चौधरीले आश्रममा रहेका असहाय, अशक्त तथा वृद्ववृद्वाका लागि २ वर्षसम्मका लागि भोजन व्यवस्थापनको सहयोग गरेका हुन।
नवलपुरस्थित जुटपानीमा रहेको आश्रममा आज शुक्रबार एक कार्यक्रम आयोजना गरी दाता चौधरी र उनको परिवारलाई सम्मान गरिएको थियो।

कार्यक्रममा आश्रमका संस्थापक वासुदेव शरण कोइरालाले सहयोग गर्ने दाता आभार प्रकट गरे।

वृद्वाश्रमकी अध्यक्ष भवानी कोइरालाले व्यक्तिगततर्फ हालसम्मकै ठूलो सहयोग रहेको र यहाँका अशक्त तथा वृद्ववृद्वाहरूका लागि दाता चौधरी परिवार भगवानको रूपमा आउनुभएको बताइन्।

उक्त कार्यक्रममा मधेश प्रदेश श्रम यातायात मन्त्री कौशलकिशोर राय, मधेश प्रदेश संसद् सचिव वासुदेव कोइराला, संविधान सभा सदस्य रामचन्द्र चौधरी, हरिवन नगरपालिका प्रमुख कमल बुढाथोकीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले आफ्नो धारणा राखेका थिए।

सम्बन्धित समाचार

सबै