हरिपुर्वा : सर्लाहीमा हातखुट्टा बाँधेर रूखमा झुण्ड्याइएको अवस्थामा एक युवकको शव फेला परेको छ।
हरिपुर्वा नगरपालिका-४, डुमरियामा आज शुक्रबार बिहान साँढे ८ बजे आँपको रूखमा हातखुट्टा बाँधेर रूखमा झुण्ड्याइएको अवस्थामा शव फेला परेको डुम्हरिया प्रहरीले जानकारी दिएको छ।
स्थानीय सिकिन्द्र रायका छोरा अन्दाजी २० वर्षीय धीरज रायको शव फेला फरेको हो।
उक्त घटनापछि तालिमप्राप्त कुकुरको सहायताले एसपीसहित प्रहरी टोली पुगेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
‘गम्छाले घाँटीमा बाँधेर झुण्ड्याइएको अवस्थामा शव फेला परेको छ, यहीँका एक स्थानीयले भनेपछि हामी पुगेका थियौं’, घटनास्थलमा पुगेका एक प्रहरीले सर्लाही न्युजसँग बताए।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।