राप्रपा नेपालको तराई मधेश सम्मेलन कात्तिक २६ र २७ गते वीरगञ्जमा हुने

हरिवनः राप्रपा नेपालको तराई-मधेश सम्मेलन आगामी कार्तिक २६ र २७ गते पर्साको वीरगञ्जमा आयोजना हुने भएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने र कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी पूरा भएको पार्टीका उपाध्यक्ष राजीव पराजुलीले जानकारी दिएका हुन्।

सम्मेलनमा तराई मधेशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिमा केन्द्रित रही महत्त्वपूर्ण छलफल गर्ने कार्यतालिका रहेको जनाइएको छ। पार्टीका अर्का उपाध्यक्ष धीरेन्द्र झाले मधेशको विकास र समृद्धिमा देखिएको सम्भावना र चुनौतीबारे कार्यपत्र पेस गर्नेछन्।

तराई मधेश क्षेत्रका २२ जिल्लाबाट २५० प्रतिनिधिहरूको सम्मेलनमा सहभागी हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। एजेन्डाको दृष्टिकोणबाट तराई मधेश क्षेत्रलाई राप्रपा नेपालले आफ्नो उर्वर भूमि मानेर विशेष महत्त्व दिँदै आइरहेको छ।

सम्बन्धित समाचार

सबै